शुक्रबार, बैशाख ७, २०८१

उपनिर्वाचन २०७६ अन्र्तगत स्थानीय तहका उम्मेदवार मनोनयन दर्ता बुधबार

काठमाडौ कार्तिक २६, आसन्न उपनिर्वाचन अन्र्तगत मङ्सिर १४ गते स्थानीय तह अन्र्तगत १ नगरप्रमुख, ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि हुने उपनिर्वाचनको बुधवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोगले पूर्व निर्धारित निर्वाचन कार्यक्रम अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ । स्थानीय तहको मनोनयन दर्ताको लागि उम्मेदवार बन्ने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ ।

त्यस्तै मान्यता प्राप्त राजनीतिक दल अन्य राजनैतिक दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिको हकमा भने मनोनयन दर्ता गर्दा सो दलबाट प्रदान गरिएको उम्मेदवार मनोनयनको औपचारिकपत्र, प्रस्तावक र समर्थकको नाम, सम्बन्धित स्थानीय तह र वडाको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्ने जनाउँदै आयोगले स्थानीय तहको अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुखका लागि रु  १  हजार पाँच सय र वडाध्यक्षका लागि रु  १ हजार धरौटी तोकिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031