शुक्रबार, चैत्र १६, २०८०

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडौं कार्तिक २५ , निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगले यअिघि प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार कास्की क्षेत्र नं २ का लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा नाम समावेश भएका राजनीतिक दलका ११ र स्वतन्त्र १० गरी कूल २१ उम्मेदवारलाई त्यस्तै यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं १क को उपनिर्वाचनका लागि अन्तिम नामावलीमा नाम समावेश भएका राजनीतिक दल सहित स्वतन्त्र उम्मेदवार १० गरी १९ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

त्यस्तै बागलुङ निर्वाचन क्षेत्र नं २ का लागि उम्मेदवारको सूचीमा नाम समावेश भएका राजनीतिक दलका आठ र स्वतन्त्र दुई गरी १० तथा दाङको निर्वाचन क्षेत्र नं २ का लागि अन्तिम नामावलीमा रहेका राजनीतिक दलका १२ र दुई स्वतन्त्र गरी कूल १४ उम्मेदवारलाई निर्वाचन चिह्न दिइएको आयोगले जनाएको छ ।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ क, बागलुङ निर्वाचन क्षेत्र नं २ र दाङको निर्वाचन क्षेत्र नं ३ मा प्रदेशसभा सदस्यको निर्वाचनका लागि कूल ५५ पुरुष र नौ महिलासहित ६४ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।