मङ्लबार, बैशाख ४, २०८१

आसन्न उपनिर्वाचनको सुरक्षार्थ सरकारले सेना परिचालन गर्ने

काठमाडौ कार्तिक २१,  नेकपा नेतृत्वको सरकारको गत कात्तिक १७, १८ र २० गते बसेको मन्त्रिपरिषद् बैठकको १६ बुँदे निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आसन्न मंसिर १४ गते हुने उपनिर्वाचनमा सरकारले नेपाली सेना परिचालन गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ । त्यस्तै उहाँले नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम तत्कालीन काग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका सातवतै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्दै नयाँ प्रदेश प्रमुखको   नियुक्तिसंगै कार्य सञ्चालन समेत भइसकेको जानकारी दिनु भएको छ ।

त्यस्तै गरि बैठकले एसियाली पूर्वाधार लगानी बैंकबाट विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि प्रस्तावित ११२,३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको जानकारी दिदै  मन्त्रिपरिषद्को बैठकले युवा रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहितको रूपान्तरण पहल परियोजनाका लागि विश्व बैंकबाट प्रस्ताव भएको करिब १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको जानकारी दिदै उहाँले सरकार, प्रदेश र स्थानीय तहबीच बाँडफाँट हुने प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटको आधार, सीमा, मार्गदर्शन, विधि र हिस्सा स्वीकृत गरिएको जानकारी दिनु भएको छ ।

यस्तो छ मन्त्रिपरिषद् बैठकका १६ बुँदे निर्णय : 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।