शुक्रबार, चैत्र १६, २०८०

आसन्न उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, स्वस्फूर्त सहभागि हुन आयोगको आव्हान

काठमाडौ कार्तिक २०, निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न रिक्त पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भइ कार्यान्वयनको चरणमा प्रवेश गरेको जनाएको छ ।

आयोगले आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित हुने जनप्रतिनिधि र मतदाताको सङ्ख्याका हिसाबले त्यति ठूलो नभए पनि आसन्न उपनिर्वाचनले निकै ठूलो राजनीतिक अर्थ र महत्व बोकेको बताउँदै यसअर्थमा पनि उपनिर्वाचनलाई निष्पक्ष, तटस्थ र भयरहित तुल्याउन आयोग प्रतिबद्ध रहेको जनाउ दिनु भएको छ ।

त्यस्तै मंसिर १४ गते प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहका प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाअध्यक्ष–४३ समेत ३७ जिल्लाका ५२ स्थानमा मङ्सिर १४ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म उपनिर्वाचनको मतदान कार्यक्रम सञ्चालन हुने जानकारी दिदै २४७ मतदान स्थल र ५३७ मतदान केन्दको व्यवस्था गरिएको जानकारी दिएको छ ।

साथै कार्तिक २१ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उम्मेदवारको बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने निर्वाचन कार्यक्रम यसअघिनै प्रकाशित भइसकेको जनाउँदै स्थानीय तहका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता भने कात्तिक २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म हुने जनाएको छ ।

त्यस्तै निर्वाचन लक्षित सुरक्षा व्यवस्था लाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा उपनिर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा जिल्ला, प्रदेश तथा केन्द्रस्तरमा एकीकृत सुरक्षा योजना तर्जुमा गरी नेपाल सरकार, गृह मन्त्रालयको समन्वयमा र नेतृत्वमा कार्यान्वयन गर्ने व्यवस्था मिलाइको जानकारी दिदै  उम्मेदवारको मनोनयनदेखि निर्वाचन परिणाम घोषणा नभएसम्मका उपनिर्वाचनसम्बन्धी सबै प्रक्रियामा आमनागरिकको उत्साहपूर्ण एवम् स्वस्फूर्त सहभागिताका लागि आयोगले सवैमा आह्वान समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।