शुक्रबार, बैशाख ७, २०८१

आयोगद्दारा ५५ जना पुरुष र नौ महिला सहित ६४ उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडौ कार्तिक २४, निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि गत कार्तिक २१ गते मनोनयन दर्ता गरेका उम्मेदवारको उम्मेदवारी उपर आवश्यक छानविन सहित आज अन्तिम नामावली प्रकाशन गरेको छ ।  आयोगका अनुसार आसन्न उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ एक र प्रदेशसभा सदस्यको तीन रिक्त स्थानका लागि ५५ जना पुरुष र नौ महिला उम्मेदवार गरी कूल ६४ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

त्यस्तै आयोगले आज जारी गरेको विज्ञप्तिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा प्रतिनिधिसभा सदस्यतर्फ मनोनयन दर्ता भएका विभिन्न राजनीतिक दलका ११ र स्वतन्त्र ११ मध्ये स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्मेदवारी फिर्ता गरेको जनाउँदै यस क्षेत्रमा अव २१ जना उम्मेदवारले चुनावी प्रतिस्प्रर्धा गर्ने जनाएको छ ।

त्यस्तै भक्तपुरमा विभिन्न राजनीतिक दलका ९ र स्वतन्त्र १० गरी १९ र बाग्लुङमा राजनीतिक दलका ८ र स्वतन्त्र दुई गरी १० र दाङमा राजनीतिक दलका १२ र स्वतन्त्र दुई गरी १४ जना उम्मेदवारवीच प्रतिस्प्रर्धा हुने गरि आज अन्तिम नामावली प्रकाशन गरेकोे आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031