बिहिबार, बैशाख १३, २०८१

आयोगद्दारा उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक

सव भन्दा कम मतदान अर्थात २०९ मतदाताले मतदान गरेको थवाङ गाउँपालिकाको वडाध्यक्ष पदमा नेकपाक उम्मेदवार जनकबहादुर बुढामगरलाइ १७४ मत प्राप्त गरी विजयी

काठमाडौ मंसिर १४, निर्वाचन आयोगले ३७ जिल्लाका रिक्त ५२ पदका लागि आज भएको उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ जना मतदाता रहेकामा दुई लाख ९७ हजार १३७ जनाले मतदान गरेको जनाउँदै आज साँझ आयोगमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रस्तुत विवरण सार्वजनिक गरेको हो ।

आयोगका अनुसार, प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं। २ मा ६५ प्रतिशत ४६,५७५ प्रदेशसभा सदस्यको निर्वाचन भएको भक्तपुरमा ७० प्रतिशत  ३१,६८२ मत , बागलुङमा ६१ प्रतिशत  २१,२९५  म र दाङमा ६७ प्रतिशत ४५,७१९   मतदान भएको जानकारी दिएको छ ।

३७ जिल्लाका २४७ मतदानस्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्यततर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको जानकारी   दिदै    पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छिटफुट घटनाबाहेक प्रभावकारी सुरक्षा प्रबन्धकावीच शान्तिपूर्णरुपमा निर्वाचन सम्पन भएको जानकारी दिदै सबैभन्दा धेरै हुम्ला र रौतहटमा र सबैभन्दा कम रोल्पाको थवाङ गाउँपालिमा मतदान भएको बताउँनु भएको छ।
साथै उहाँले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पु¥याउनुहुने आम मतदाता, उम्मेदवार, राजनीतिक दल, सञ्चारकर्मी, पर्यवेक्षण संस्था, निकाय तथा व्यक्ति सबैलाई आयोगले पत्रकार सम्मेलनमार्फत धन्यवाद ज्ञापन गर्नु भएको छ ।उपनिर्वाचनमा विभिन्न चारओटा राष्ट्रिय  , कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायत ४१९ जनाबाट पर्यवेक्षण र अवलोकन  भएको  पत्रकार  सम्मेलनमा जानकारी दिएको छ ।

यसैवीच सव भन्दा कम मतदान भएको थवाङ गाउँपालिका जहाँ १ हजार २८४ मतदाता रहेको थियो । तर आजको निर्वाचनमा जम्मा २०९ जना मतदाताले मात्रै मतदान गरेसंगै १ को वडाध्यक्ष पदमा नेकपाक उम्मेदवार जनकबहादुर बुढामगरलाइ विजयी भोषणा गरिएको थाहा भएको छ । बुढामगर १७४ मत प्राप्त गरी विजयी हुँदै गदाए काँग्रेसका कलमबहादुर रोकामगरले २६ मत प्राप्त गरेको थाहा भएको छ । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।