बिहिबार, चैत्र १५, २०८०

आज छठपर्वको दोस्रो दिन :दिनभर उपवास सहित खरना मनाइँदै

काठमाडौ कार्तिक १५,  सूर्य उपासनको एक विशेष पर्व छठपर्वको आज दोस्रो दिन खरना मनाइँदैछ । आजको दिन छठपर्वका ब्रतालुहरुले  दिनभर उपवास बस्दै साँझ नयाँ चुलोमा र सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतीले प्रसादको रूपमा ग्रहण गर्ने गर्छन् । नैवेद्य चढाउने बेलामा जति वटा अघ्र्यदान गरिने हो, त्यति वटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ ।

 यसैवीच विशेषत मधेश क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक मनाइने यो पर्व अहिले काठमाडौमा पनि भव्यतापूर्वक मनाउँने गरिन्छ । राजधानीको शंखमुल गौरीघाट टंङकेश्वर रानीपोखरी लगायतका क्षेत्रमा मनाइने । प्रस्तुत पर्वमा व्रतालु र दर्शनार्थीको ठूलो घुइचो लाग्ने भएका कारण यि स्थान विशेष रुपमा सजाइएको छ । बिहीबार र शुक्रवार दुई दिनसम्म मनाइने सो पर्वमा शनिवार छठको अस्ताउँदो सूर्यलाई अर्घ रआइतवार  उदाउँदो सूर्यलाई अर्घ र प्रसाद वितरण गरी छठ पर्व समापन गर्ने गरिन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।