मङ्लबार, बैशाख ११, २०८१

आज उपनिर्वाचन: संघ, प्रदेश र स्थानीय तहका ५२ पदका लागि ३७ जिल्लामा मतदान हुँदै

काठमाडौ मंसिर १४,  प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहमा गरी रिक्त ५२ पदका जनप्रतिनिधी चयनका लागि ३७ जिल्लाका २ सय ४७ मतदानस्थलमा ५ सय ३७ मतदानकेन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएको आयोगले जनाएको छ । आयोगले यसअघिनै उपनिर्वाचनका लागि सुरक्षाको भरपर्दो प्रबन्ध रहेको जनाउँदै निर्धक्क भएर मतदान गर्न आयोगले मतदातालाई आह्वान गर्दै दवाव र प्रभावमा नर्पन आग्रह गरेको छ ।

त्यस्तै मतदानको क्रममा मतदाता परिचयपत्र लिन नपाएकाले पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने जनाउँनुको अलावा दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत संकेत गर्न नसकेमा एकै घरपरिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न सक्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।

यी हुन आज उपनिर्वाचन हुने क्षेत्र :  प्रतिनिधी सभा सदस्यको लागि गण्डकी प्रदेशको कास्की क्षेत्र नम्बर २ जहाँ ११ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार गरि कुल २१ जना चुनावी मैदानमा रहेका छन ।

त्यस्तै प्रदेश सभा अन्र्तगत भक्तपुर निर्वाचन क्षेत्र नं १ को क, बागलुङ निर्वाचन क्षेत्र नं २ को ख र दाङ निर्वाचन क्षेत्र नं ३ को ख क्षेत्र र विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि आजै मतदान हुँदै छ। त्यस्तै प्रतिनिधि सभातर्फ ३२ मतदान स्थल र ८२ मतदान केन्द्र, प्रदेश सभा सदस्यतर्फ ७८ मतदान स्थल र १७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १३७ मतदान स्थल र २८१ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।