बुधबार, बैशाख १२, २०८१

आचारसहिंताको प्रभावकारी कार्यान्वयनको माग सहित आयोगको ध्यानाकर्षण

जारी निर्वाचन आचारसंहिता उल्लंघनको अनुभूति आफूलाई पनि भएको प्रमुख निर्वाचन आयुक्तको जनाउ

काठमाडौं कात्तिक ३०, आसन्न उपनिर्वाचनको प्रयोजनका लागि निर्वाचन आयोगल जारी गरेको आचारसंहिता सरकारले उल्लंघन गरेको जनाउ सहित प्रतिपक्षी दल नेपाली काँग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । काँग्रेसले यसअघि केन्द्रीय सदस्य रमेश लेखकको सयोजकत्वमा गठन गरेको निर्वाचन आचार सहिंता अनुगमन समितले आचार सहिंताको  अनुगमन पछि शुक्रवार निर्वाचन आचार सहिता कार्यान्वयनको सवालमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षणको क्रममा संयोजक लेखकले प्रमुख आयुक्तलगायतका पदाधिकाीलाइ सरकारले यो वा त्यो नाममा निर्वाचन आचारसंहिताविपरीत काम गर्ने गरेको फेहरिस्त जानकारी सहित तत्काल आचार सहित विपरितका काम नगर्न नगराउँन निर्देशन दिन माग गरेको छ ।

त्यस्तै निर्वाचन आचारसंहितामा कर्मचारी सरुवा–बढुवासमेत हुन नसक्ने अवस्थामा सरकारले नियोजितरुपमा प्रदेशप्रमुखको बर्खास्तीसंगै नयाँ प्रदेश प्रमुखको नियुक्ति गर्नु आचारसंहिताको घोर उल्लंघन भएको त्यस्तै पछिल्लो समय सरकारका मन्त्रीहरुले निर्वाचन हुने क्षेत्रमा मतदातालाइ प्रभावित पार्न योजना वितरण गर्ने, स्थानीय पूर्वाधार सहकार्य कार्यक्रम सञ्चालन गर्ने जस्ता कामकारवाही गर्दै आइरहेकोले दिनानुदिन निर्वाचनको निष्पक्षतामाथिनै आशंका सिर्जना हुन थालेको जानकारी दिएका छन ।

काँग्रेस प्रतिनिधीमण्डलको ध्यानाकर्षण पछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले कतिपय अवस्थामा आचारसंहिता उल्लंघन गरेको अनुभूति आफूलाई पनि भएको भन्दै प्रतिपक्ष दलले उठाएको विषयलाइ गम्भीरताका साथ लिएको जनाउ दिदै सरकारलाइ आयोगको तर्फबाट निर्देशन दिइने जनाउ दिनु भएके बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।