बिहिबार, बैशाख १३, २०८१

आइतवार सार्वजनिक विदा

काठमाडौ कार्तिक २३,  मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश नं २ सरकारले कात्तिक २४ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

त्यस्तै प्रदेश न २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले मोहम्मद पैगम्बरको जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको जाी विज्ञप्त्मिा उल्लेख गरिएको छ ।

साथै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा विज्ञप्तिमा पैगम्बरको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने यस पर्वले हामी सबैमा सुशासनसहितको समाजिक विकासमार्फत समृद्ध प्रदेश स्थापना गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु”, भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।