काठमाडौं कार्तिक २४ , नेपाल पत्रकार महासंघले महासंघका केन्द्रीय सभासद् तथा योहो टेलिभिजनका समाचार प्रमुख शिव लम्साललाई टेलिभिजनमा प्रसारित समाचारको विषयलाई लिएर ब्लुक्रस अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले भौतिक कारबाहीको धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राजधानीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि मृतकका आफन्तजनले अस्पतालविरुद्ध आन्दोलन गरेको विषयमा समाचार प्रकाशन गरेकोमा अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले पत्रकार लम्साललाई टेलिफोनबाट ज्यानमार्ने धम्की दिएको महासंघद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा प्रकाशित वा प्रसारित समाचारप्रति चित्त नबुझे या गुनोस रहे त्यसको उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु भनेको प्रेस स्वतन्त्रताविरोधी हर्कत भएको भन्दै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी यस्तो धम्कीको घोर निन्दा र भत्र्सना गरेको छ । साथै धम्की दिने श्रेष्ठमाथि तत्काल कानुनी कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न एवं स्वतन्त्र र सुरक्षित पत्रकारिताको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।
त्यस्तै नेपाल प्रेस युनियनले पनि युनियका पूर्व महासचिव पत्रकार लम्साललाइ समाचार प्रशारण गरेकै कारण ज्यानमार्ने सम्मको धम्की दिएको घटनाको भत्सर्ना गर्दै समाचारका विषयमा असहमति जनाउने विधि र प्रक्रिया हुँदा हुँदै अस्पतालको जिम्मेवारीमा रहेका नीज श्रेष्ठ सञ्चारकर्मीलाई धम्क्याउन उद्यत हुनुले उनको तथा अस्पतालको कमजोरीलाई समेत प्रदर्शन गरेको जनाएके छ ।’
त्यस्तै विज्ञप्तिमा धम्की दिने अस्पताललाई कारबाहीको माग गर्दै धम्की दिनेलाई तत्काल कारबाही नगरे युनियन आन्दोलन गर्न बाध्य हुने उल्लेख गरिएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- १३ औंँ सागमा नेपाललाइ पहिलोपटक गल्फमा २ स्वर्ण
- सर्वोच्चले भन्यो- तत्काललाइ निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्नु
- काँग्रेस प्रवक्ता शर्माले भने- बर्लिनको पर्खालझैं धरानमा नेकपाको लहर ढल्यो
- उपनिर्वाचन २०७६ः यस्तो छ ५२ स्थानको नतिजा
- धरान उपमहानगरपालिकामा कांग्रेसका उम्मेदवार राई निर्वाचित
- यस्तो थियो १३औँ सागको औपचारिक उद्घाटनसत्र
- कास्कीमा नेकपाकी भट्टराई ८ हजार मतान्तरले विजयी
- १ प्रदेश सभा सहित ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक, कहाँ कसले जित्यो? (सूचीसहित)
- चितवनका ३ वटै वडामा कांग्रेस विजयी
- भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ क मा नेपाली कांग्रेसका भँडेल २ हजार भन्दा बढि मतान्तरमा विजयी
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान