बिहिबार, कार्तिक २८, २०७६
BigTop ताजा

आज हरिबोधिनी एकादशी :उपत्यकाका चार नारायण सहित देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष भीड

काठमाडौं कार्तिक २२, आज कार्तिक शुक्लपक्ष अर्थात भगवान् विष्णुको प्रतीकका रूपमा तुलसी एवम् श्री विष्णुको विशेषअर्चना पूजा गरी मनाइदै छ ।आजका दिन उपत्यकाका चार नारायण, बूढानीलकण्ठका साथै देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्छ ।

यसैक्रममा उपत्यकाकाको चाँगुनारायण, शेष नारायण, इचँगुनारायण र विशङ्खु नारायणमा विशेष मेला भर्न भक्तजनको घुइचो लागेको हाम्रा सहकर्मीले जनाएको छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिएको शास्त्रमा उल्लेख गरिएको छ ।

हरिबोधनीमा उपवास बस्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ। भगवान विष्णु क्षीर सागरमा सुतेकाले यी ४ महिना विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ ।

यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।
त्यस्तै हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारीएको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर फूल मालाले सजाएर तुलसीको विवाह गरिदिने परम्परा समेत रहिआएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

November 2019
S M T W T F S
« Oct    
 12
3456789
10111213141516
17181920212223
24252627282930