शुक्रबार, चैत्र १६, २०८०

५ लाख ‘घुस’ रकमसहित ओभरसियर चौधरी पक्राउ

काठमाडौ असोज १५,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख ‘घुस’ रकमसहित लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एन्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरीलाई पक्राउ गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्नको प्रमाणपत्र मिलाइदिने भन्दै ओभरसियर चौधरी सेवाग्राहीसित घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार टोलीले निजलाइ घुस रकम बुझिसकेको अवस्थामारकम सहति मंगलबार पक्राउ गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।