शुक्रबार, चैत्र १६, २०८०

३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत दोस्रो चरणको अभियान पूर्णरुपमा उत्साहपूर्ण : काँग्रेस

असोज २६ कोजाग्रत पूर्णिमाका दिन काँग्रेसको चियापन

काठमाडौं असोज १४ , नेपाली काँग्रेसले आज पार्टी मुख्यालयमा गत असोज ७ गते समापन भएको पार्टी संगठन विस्तार तथा सुदृढिकरणका लागि सञ्चालित १५ दिने हिपतम अभियानको दोस्रो चरण पूर्णरुपमा सफल भएको जनाएको छ ।  अभियानको क्रममा काँग्रेसको विषयमा जनतमा रहेको अन्यौलतालाइ चिर्न सफल भएको जानकारी दिदै पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले “३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत प्रस्तुत अभियानले जनता तथा कार्यकर्तामा उर्जा सञ्चार गरेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले पत्रकार सम्मेलनमा जागरण अभियानको दोस्रो चरण समापनलगत्तै गत असोज १० गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको नेपाली काङ्ग्रेसमा समायोजन प्रक्रियालाई अन्तिम रूप दिदै अनुमोदन गरिएको जानकारी दिनुभएको छ । साथै जागरण अभियान चलिरहेकै समयमा देशका विभिन्न भागमा विभिन्न संस्थाहरुको निर्वाचन परिणाम सत्तारुढ समर्थनको विपक्षमा र नेपाली कांग्रेस निकट उम्मेदवारहरुको पक्षमा आउँदै गरेको अवस्थाबाट अत्तालिदै सत्तारुढदल नेकपाको निर्देशनमा बाँकेमा कांग्रेस जिल्ला सभापति किरण कोइराला र तनहुँमा केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालमाथि नवमण्डले चरित्र सहति भएको आक्रमणका घटना भत्सर्ना समेत गरेको छ ।

त्यस्तै सरकार र सत्तारुढ पार्टीको व्यवहार परिमार्जन तर्फ नभै प्रतिकार तर्फ लक्षित हुनु अत्यन्तै दुःखद भएको बताउँदै प्रवक्ता शर्माले यस् यस्ता रवैया प्रति कांग्रेस सरकारलाई सार्वजनिक ढंगले सचेत गराउँदै रगत पसिना बगाएर बहुमत दिलाउने कार्यकर्तालाई नवमण्डलेकरणको दिशामा नधकेल्न सत्तारुढ नेकपाको नेतृत्वलाई सार्वजनिक अपिल समेत गरेको छ ।

साथै काँग्रेसले काङ्ग्रेसले यस वर्ष पनि असोज २६ गते कोजाग्रत पूर्णिमाका दिन अपराह्न १ देखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम आयोजना गर्ने जानकारी दिनु भएको छ । प्रस्तुत कार्यक्रम यसपटक पनि काठमाडौँ उपत्यकाका हकमा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको र उपत्यकाबाहिर ७४ जिल्लामा काङ्ग्रेस जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न हुने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।