बुधबार, बैशाख ५, २०८१

२०६४ बम काण्ड प्रकरणमा काँग्रेस सासंद आलम पक्राउ

काठमाडौं असोज २६ ,पूर्व वन मन्त्री एवम् रौतहट क्षेत्र नं २ बाट निर्वाचित काँग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् ।

विसं २०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा सांसद आलम विरुद्ध मृतकका आफन्तले दायर गरेको मुद्धाको सुनुवाइ गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले २०६९ जेठ १६ मा दोषी करार गर्दै कारवाही प्रक्रिया अघि बढाउन आदेश दिए पनि उनिमाथि कुनै कारवाही हुन नसकेको अवस्थाकावीच पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान शुरु गरेपछि  सांसद आलमलाइ पक्राउ गरिएको हो ।

२०६४ चैतमा भएको बम काण्ड प्रकरण अन्र्तगत  उनीमाथि पहिलो संविधानसभाको निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने नियोजित लक्ष्य अनुरुप सासंद आलमले आफ्नै घरमा बम बनाउन लगाएको र बक बनाउँदै गर्दा भएको विस्फोटमा   घाइते भएकामध्ये १३ जनालाई नजीकैको इँटाभट्टामा जलाएर मारेको आरोप सहित  जलाइएका दुई नेपाली युवा त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमाथिको अनुसन्धनको क्रममा सासंद अलामलाइ पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930