मङ्लबार, बैशाख ४, २०८१

सैन्य भर्ना छनौट प्रक्रियामा अनियमितता गर्ने ४ सैनिक तथा २३ गैर सैनिक उपर कारवाही

काठमाडौं कार्तिक ६,  नेपाली सेनाले सैन्य पदको भर्ना छनौट प्रक्रियाको क्रममा केही भर्ना केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न हुँदै छनोट प्रक्रियामा अनियमितता गर्ने २७ जनालाई कारबाही प्रक्रिया अघि बढाएको छ । ४० भर्ना केन्द्रमा ५ हजार ८ सय सैन्य पदको लागि भर्ना छनोट प्रक्रिया भैरहेको समयमा अनियमितता गर्नेहरुलाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको नेपाली सेनाले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसतै सेनाले विज्ञप्तिमा यसरी कारवाही गरिएकाहमा ४ जना सैनिक र २३ जना गैर–सैनिक रहेको जनाउँदै कारवाहीको क्रममा नक्कली परिचयपत्र बनाइ किर्ते गरेको अभियोगमा उत्तर पश्चिम पृतना हेडक्वाटरबाट ३ जना, आर्थिक लेनदेन गरेको अभियोगमा ५ नम्बर बाहिनी अड्डा कैलालीबाट १ जना, नक्कली परीक्षार्थी ९ जना र नक्कली परीक्षार्थी पठाउने ६ जना पक्राउ परेका छन् ।

साथै, सैन्य भर्ना केन्द्र २४ नम्बर बाहिनी अड्डा जुम्ला र ५ नम्बर बाहिनी अड्डा कैलालीमा नक्कली परीक्षार्थीलाई परीक्षा दिन लगाउने ४ जना र अरु ३ वटा भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको अभियोगमा ४ जना गैर सैनिकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ ।

त्यस्तै नेपाली सेनाले  गतवर्षदेखि भर्ना छनौट प्रक्रियालाई अझ बढि प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रहरुमा Verification Desk राखी Bio-Metric Machine को प्रयोग गरी उम्मेदवारहरुको Verification र Fraud नियन्त्रण गर्दै आएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।