बिहिबार, बैशाख ६, २०८१

सांसद आलमको पद निलम्बन , सेवा सुविधा सवै रोक्का

काठमाडौ असोज  २७ ,  संसद सचिवालयले आज एकसूचना जारी गर्दै रौटहट क्षेत्र नं २ बाट निर्वाचित काँग्रेस सांसद मोहम्मद अफताब आलमको सांसद पद निलम्बन गरेको छ । निलम्बन्मा परेसँगै  सांसद आलमको सेवा सुविधा रोक्का भएको छ । उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न नपाउने भएको छ ।

पूर्व वन मन्त्रीसमेत रहेका सासंद आलम विसं २०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा आइतवार पक्रायपरेसंगै निजको  सांसद पदबाट निलम्बन गरिएको हो ।  पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।