शनिबार, बैशाख ८, २०८१

सभामुखको नैतिक आचरणमा प्रश्न तत्काल राजीनामा दिन नेकपाको निर्देशन

काठमाडौ असोज १४,  सत्तारुढ दल नेकपाको आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका बलात्कारण प्रकरणमा सभामुखको नैतिक आचरणका सवालमा प्रश्न उठेसंगै प्रकरणका आरोपी सभामुख कृष्णबहादुर महरालाई तत्काल पदबाट राजीनामा दिन भनेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास निवास बालुवाटारमा बृपह समय अघि सम्पन्न् बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर छानबिन प्रक्रियालाई सहज बनाउँन निर्देशन दिईएको बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाइ जानकारी दिनुभएको छ ।

स्मरण रहोस सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयमा कार्यरत रोल्पा स्थायी ठेगाना भएकी एक महिला कर्मचारीले बलात्कारको आरोप सहित तीनकुनेस्थित कोठामा आएर उनले आइतबार साँझ बलात्कार गरेको दाबी गरकी छिन । साथै मदिराले लठ्ठ सभामुख महराले घरमा श्रीमान नभएको मौमा छोप्दै आफूलाई जर्बजस्ती गरेको उनको आरोप छ। महराको पिटाइबाट शरीरमा निलडाम समेत लागेको उनले बताइएको छिन ।

यद्यपी सोमवार   सभामुख महराको प्रेस सल्लाहकार डिल्ली मल्लले सञ्चारमाध्यमा आएके समाचारको खण्डन गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा सभामुखको सामाजिक जीवन बदनाम गराउन नियोजित योजनाले प्रस्तु घटना   सार्वजनिक  भएको स्पष्ट भन्दै विज्ञप्ति जारी गरेका थिए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।