शुक्रबार, बैशाख ७, २०८१

सञ्चारमाध्यमलाइ तथ्यमा आधारित भएर समाचार प्रकाशन गर्न काँग्रेस प्रवक्ता शर्माको आग्रह

दुई करोड ६७ लाख रुपैयाँसहित २५ जना ‘जुवाडे प्रकाउ प्रकरणमा पूर्वगृह राज्यमन्त्री एवम पार्टीका नेता इन्द्रबहादुर बानियाँको नाम जोड्दै प्रकाशित समाचारमा प्रति काङ्ग्रेसको आपत्ति

काठमाडौं कार्तिक १० , नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले काठमाडौं महानगरपालिका–३, महाराजगन्ज, पिपलमार्गस्थित ३० वर्षीय विक्रम गौतमको घरमा सञ्चालनमा रहेको मिनि क्यासिनोमा छापा मार्दै दुई करोड ६७ लाख रुपैयाँसहित २५ जना ‘जुवाडे’लाई पक्राउ गर्नेक्रममा केही सञ्चारमाध्यमले बिनाआधार पूर्वगृहराज्यमन्त्री एवम पार्टीका नेता इन्द्रबहादुर बानियाँको नाम समेत उल्लेख गर्दै समाचार प्रकाशन भएकोमा नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सत्यतथ्य नबुझी कुनै पनि व्यक्तिको इज्जत प्रतिष्ठामा आँच आउने गरी समाचारमा नाम उल्लेख गर्नु दुःखद् भएको बताउँदै सञ्चारमाध्यमलाइ तथ्यमा आधारित भएर समाचार प्रकाशन गर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा प्रदेश नं ३ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका बानियाँले सत्यतथ्य नबुझी समाचारमा नाम उल्लेख गर्दा आफ्नो चरित्रहत्या गर्ने काम भएको बताउदै कपनेकल्पित समाचार प्रकाशन भएको दुःख व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930