शनिबार, बैशाख ८, २०८१

संसद सचिवालयले सूचना जारी गर्दै वेबसाइटबाट हटाइयो महराको नाम

काठमाडौं असोज १५ , मुलुकको संसदीय इतिहासमानै पहिलो कलङ्कं अर्थात संसदका सभामुख कृष्णबहादुर महरा बलात्कार प्रकरणम मुछिएसंगै चौतर्फी आलोचना पछि दिनु भएको राजीनामा प्रसंगमा संघीय संसद सचिवालयले  औपचारिक सूचना टाँस गरेको छ ।

सचिवालयले    उपसभामुखको आदेशानुसार भन्दै सो   प्रतिनिधी सभाको नियमावली २०७५ नियम २११ को २ वमोजिम औपचारिक सूचना टाँस गरेको  जनाउँदै    जारी सूचनामा   निर्वतमान सभामुख महराले दिनुभएको राजीनामा प्रकरणलाइ  सम्बेधन गरिएको हो ।

साथै सचिवालयले सूचना जारी गरेसँगै प्रतिनिधी सभाको आधिकारिक वेबसाइटबाट समेत महराको नाम हटाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।