शुक्रबार, चैत्र १६, २०८०

संविधान प्रदत व्यक्तिको स्वतन्त्रता अपहरण हुने वातावरण अन्त्य गर्न सरकारको ध्यानाकर्षण

सुशासन र मानवअधिकारप्रति सरकारले गरेको प्रतिबद्धतामा प्रश्न उठेको आयोगको जिकिर

काठमाडौं असोज १४, गाउँपालिकाको भवन शिलान्यासका लागि तनहुँ जिल्लाको रिसिङ जाने क्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सांसद डा मीनेन्द्र रिजालमाथि असोज १२ गते गरिएको अवरोध एवं नेपालका लागि नेपाली अभियानका अभियानकर्ता ज्ञानेन्द्र शाहीमाथि असोज ११ गते चितवनमा भएको आक्रमणप्रति राष्ट्रिय मानव अधिकार आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका सचिव वेद भट्टराईले आज जारी प्रेस विज्ञप्ति मार्फत कुनै पनि बहानामा संविधान प्रदत व्यक्तिको स्वतन्त्रता अपहरण हुने त्यस्तै
सभा सम्मेलन गर्ने र आफ्नो विचार राख्ने अभिव्यक्ति स्वतन्त्रताको वातावरणमा अवरोध हुने वातावरण्को अन्त्य गर्दै सहज वातावरणको सिर्जना गर्न सरकारलाई आयोगले आग्रह गरेको हो ।

त्यस्तै नागरिकलाई देशका कुनै पनि भागमा गई बिना हातहतियार सभा–सम्मेलन गर्ने, मर्यादित ढङ्गले विचार राख्ने र शान्तिपूर्ण गतिविधि गर्ने स्वतन्त्रताको प्रत्याभूति गरिएको सरकारलाइ स्मरण गराउँदै जारी विज्ञप्तिमा प्रस्तुत यस् दुइ घटनाको प्रभावकारी र निष्पक्ष छानबिनमार्फत दोषीहरु पहिचान गरी कानूनबमोजिम कारवाही गर्न तथा शाहीको सम्पूर्ण उपचार खर्चको व्यवस्था गर्नसमेत आयोगले आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।