बिहिबार, बैशाख १३, २०८१

विहिवार पदाधिकारी बैठक मार्फत काँग्रेसले उपनिर्वाचनका उम्मेदवारको टुङ्गो लगाउँदै

काठमाडौं कार्तिक १३ , आसन्न उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले आफ्नो उम्मेदवारको टुङ्गो बिहीबार लगाउने तयारी गरेको छ । बिहीबार बिहान बस्ने पदाधिकारी बैठक मार्फत उम्मेदवारको टुङ्गो लगाउने योजना मुताविक पदाधिकारी बैठक आव्हान गरेको छ ।

३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य १ , प्रदेशसभा सदस्य३ र स्थानीय तहका प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि लागि हुने उपनिर्वाचनको लागि पार्टीको जिल्ला, प्रदेश क्षेत्र र स्थानीय तहबाट सिफारीस भइ आएको उम्मेदवारको सूचीमा छलफल गर्दै उम्मेदवारको नामावलीको टुङ्गो लगाउने काँग्रेसको तयारी रहेको बुझिएको छ ।

त्यस्तै सम्वद्ध स्रोतका अनुसार विहिवार बस्ने पदाधिकारी बैठकामा राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसमेतलाइ आमन्त्रण गरिएकोबुझिएको छ । साथै पदाधिकारी बैठकले नितिगत निर्णय गरेको नामावलीको अनुमोदन सहितका एजेन्दामा कार्तिक १५ गते बस्ने केन्द्रीय समितिको पूर्ण बैठकले थप नितिगत निर्णय गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।