शुक्रबार, चैत्र १६, २०८०

विपद् जोखिम न्यूनीकरणका लागि प्रभातफेरी सहितको प्रशिक्षण

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस : 

काठमाडौं असोज २६ ,  काठमाडौं असोज २६ , अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम सहित नेपालमा पनि मनाइदैछ । “अत्यावश्यक पुर्वाधारमा विपदबाट हुने क्षति घटाऔं, आधारभुत सेवा प्रवाह रोकिनबाट जोगाऔं” भन्ने मुल नारा सहित मनाइदै गरेको विपद् जोखिम न्यूनीकरण दिवस नेपालमा मुलत विपद्बाबाट जोगिने र जोगाउन जनचेतना फैलाउने उद्देश्य केन्द्रीत रहेको थियो ।

यसैअवसरमा  ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल (ज्ञान)ले काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागको सहकार्यमा नागार्जुन न.पा., स्यूचाटारमा चेतनामूलक सन्देश लेखिएको प्ले कार्ड सहित प्रभात फेरीको आयोजना गरेको छ । स्यूचाटारस्थित सहिद प्रद्युम्न खड्काको शालिक पसिरबाट आरम्भ भएको प्र्रभातफेरीमा लगत्तै सामान्य लापरवाहीका कारण हुने सक्ने आगजनीको क्षतिबाट कसरी बच्ने ? र त्यस्तो दुर्घटना भएमा तत्काल के कस्तो विधि अपनाउने ? भन्ने सम्वन्धी चेतना अभिवृद्धि प्रशिक्षण समेतको दिईएको थियो ।

प्रभातफेरीमा सहयोगि संस्था आप्सा नेपाल, सरोकार फाउन्डेसन, अतुल्य फाउन्डेसन, स्यूचाटार बचत तथा ऋण सहकारी संस्था, तारकेश्वर युवा क्लब, परिकार व्याङ्केट , ज्ञानोदय माध्यमिक विद्यालय, क्षेत्रपाल   भैरवनाथ सेवा समाज गुठी, धर्म भकारी महिला समुह, कलंकी महिला विकास समिति, नेपाल फेब्रिक फ्लोर , डान्स थेरापी, हाम्रो आदर्श महिला विद्यालय, संजिवनी साङ्ग्रीला ट्रेडर्स प्रा.लि. स्थानिय भद्रभलाद्मी लगायत लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै प्रभातफेरी लगत्तै आयोजित प्रशिक्षण कार्यक्रमको समापन सत्रमा ज्ञानका अध्यक्ष रुपचन्द्र पन्तद्वारा सहभागिहरुलाई धन्यवाद दिनुको साथै यस किसिमको अन्तर्राष्ट्रिय रुपमै मनाइने कार्यक्रम आयोजना गरी जनचेतना जागृत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको ज्ञानका उपाध्यक्ष निरु महर्जनले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।