शुक्रबार, चैत्र १६, २०८०

‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि विश्व बैंकको दुई अर्ब ७१ करोड अनुदान स्वीकार

चीनका राष्ट्रपति सी चिनफिङबाट हुने नेपालको राजकीय भ्रमणका सम्पूर्ण तयारी पूरा भएको सरकारका प्रवक्ताको जनाउ

काठमाडौ असोज २३,  सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र जनवादी चीनका राष्ट्रपति सी चिनफिङबाट हुने नेपालको राजकीय भ्रमणका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताउँनु भएको छ ।

मन्त्री बाँस्कोटाले गत असोज १७ गते बसेको मन्त्रिपरिषद बैठक्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङको आसन्न दुइ दिने नेपाल भ्रमणलाई परिणाममुखी र एवं मित्रताको नयाँ चाइमा पु¥याउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने दृढता गर्दै नेपाल सरकारले विश्व बैंकले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि दिने रु दुई अर्ब ७१ करोड १३ लाख अनुदान स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले विशेष आर्थिक प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति नभएसम्मका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई काम गर्ने गरी जिम्म्ेवारी तोक्नुको अलावा तोकेको छ भने चालू आर्थिक वर्षका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सात आयोजनाका लागि ६० राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने िनर्णय गरेको जानकारी दिनु भएको छ ।
साथै मप बैठकले नेपाली सेनाका सहायक रथी अशोकराज सिग्देल र गोकुल भण्डारीलाई उपरथी दर्जामा तथा महासेनानी कुमारबाबु थापासहित पाँच जनालाई सहायक रथी दर्जामा पदोन्नति गर्नुको अलावा नख्खुखोला–भैँसेपाटी–बुङमति सडक स्तरोन्नतिका लागि राष्ट्रिय वन प्रयोग गर्न दिने तथा नेपाल–भारत विद्युत व्यापार सम्झौताअन्तर्गतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको ७औँ बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिइएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।