शुक्रबार, बैशाख १४, २०८१

वलात्कार प्रकरण :रोशनीको नयाँ खुलासा आफुलाई बन्धक बनाई जबरजस्ती जाहेरी दिन लगाए

काठमाडौं असोज २५,  निर्वतमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी रोशनी शाहीले आफुँलाई प्रहरीले बन्धक बनाई जबरजस्ती जाहेरी दिन लगाएको खुलासा गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी गराउँदै उनले महरा निर्दोष रहेको र फसाइएको बताएकी छिन् । रोशनीले गत असोज १७ मा बानेश्वर प्रहरीले आफुँलाई सोधपुछको लागि बोलाई बन्धक बनाएर जबरजस्ती करणी निवेदन दर्ता गर्न लगाएको बताएकी छिन् ।

उनले गत असोज १५ मा नै महनगरीय प्रहरीमा महराविरुद्धको आरोप गलत भनि दिएको निवेदन उपर कारबाही नगरिएको पनि बताएकी छिन् । शाहीले असोज १५ मा प्रहरीमा दिएको निवेदन दशैंको कारण सार्वजनिक गर्न सम्भव नहुँदा सामाजिक सञ्जालमा गलत प्रचार भएको जिकिर गर्दै हाम्राकुरा डटकमबाट आएको समाचार पुरै झुटा भएको बताउँवदै पत्रकार अजयबाबु सिवाकोटी लगायत सामाजिक सञ्जाल प्रयोगकर्तामाथि गाली बेइजज्जती तथा साईबर क्राइमको मुद्दा दिने समेत बताएकी छिन् । उनले आफ्नो शारिरिक समस्याको फाईदा उठाउँदै निवर्तमान सभामुख कृष्णबहादुर महरालाई दोषी देखाई प्रचार गरिएको जनाउ दिएकी छिन् ।