बुधबार, बैशाख १२, २०८१

वरिष्ठ पत्रकार आचार्यको निधन

काठमाडौ  असोज १९, वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको आज ६१ वर्षको उमेरमा निधन भएको छ । दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार प्रमुख भई नायब महाप्रबन्धकबाट सेवा निवृत हुनुभएका आचार्य हाल न्यूज–२४ को समाचार प्रमुख हुनुहुन्थ्यो । कलेजोमा देखिएको समस्याको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा उहााको निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताईएको छ । उहाँका श्रीमती, एक छोरी हुनुहुन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।