शुक्रबार, बैशाख १४, २०८१

वरिष्ठ कलाकार भृगुरामको उपचारार्थ नेवाः पुचःयुएईको आर्थिक सहयोग

काठमाडौं कार्तिक ३,  नेपालभाषाको साङ्गेतिक फाँटमा विगत लामो समय देखि अनवरतरुपमाक्रियाशील हुँदै आएका ख्यातिप्राप्त वरिष्ठ गायक एवम् सडक नाट्यकर्मी भृगुराम श्रेष्ठको उपचारार्थ नेवाः पुचःयुएईको पहलमा संकलन गरिएको रु ५५ हजार ६०० सहयोग रकम हस्तान्तरण गरिएको छ।

चित्तधर सिरपा पुरस्कार प्राप्त गरिसक्नु भएका गायक श्रेष्ठ नेपाल भाषाको गायन क्षेत्रका लागि अनमोल आधारस्तम्भका रुपमा रहदै आउँनु भएको छ । पछिल्लो समय उहाँ विभिन्न रोगव्याधीकाकारण सर्वाङ्ग स्वास्थ्य सेवा अस्पताल कुपन्डोलमा उपचारार्थ भर्ना हुदै उपचार गराउँदै आउँनु भएको छ ।

यसैवीच गायक श्रेष्ठको उपचारकालागि लागि आर्थिक सहयोगको आव्हानभए अनुरुप नेवाः पुचःयुएईको पदाधिकारीले आर्थिक सहयोग संकलन गरी सहयोग गरेको हो । आर्थिक सहयोग संकलनार्थ पुचका उपाध्यक्ष राजेश प्रधानको ज्युको संयोजकत्वमा गठित समितिले सहयोग रकम हस्तान्तरण गर्नु भएको हो । नेवाः पुचःयुएईले विगतमा आफ्नो कला, भाषा र संस्कृतिको संरक्षणका लागि गर्दै आइरहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।