शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपति भण्डारी म्यान्माको राजकीय भ्रमणमा जान हेलिकोप्टर चढेर पुगिन् विमानस्थल

काठमाडौं असोज २९,  राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यान्माको राजकीय भ्रमणमा जानु भएको छ । म्यान्मा गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमणमा जानु भएकी राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले संगै नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्रालयलृ जनाएको छ ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयले   जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका लागि म्यान्मा जान विमानस्थल पुग्ने क्रममा महाराजगञ्जस्थित पुगेकी छन् ।सडक मार्ग भएर जाने आउने गर्दा सवारी जाम हुने र त्यसले राष्ट्रपतिको आलोचना हुने भन्दै हेलिकोप्टरबाट विमानस्थल आउने जाने व्यवस्था मिलाईएको हो । म्यानमारतर्फ प्रस्थान गर्नुअघि उनलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।