शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण

तस्वीरः राष्ट्रपति कार्यालय

काठमाडौं असोज २४ , राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण  गरिएका विधेयकमा क्रमस प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन ।

राष्ट्रपति भण्डारीले संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश गरिएका विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।