मङ्लबार, बैशाख ११, २०८१

राज्यकोष दोहनका लागि जीएलडी मापडण्ड विपरित सडक निर्माण गर्ने परिपञ्च बन्दै

 प्रसंग- ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडक निर्माण आफैमा समाधान नभइ थप समस्याका कारक 

काठमाडौं कार्तिक ६ , काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले  लामो समययता अवरुद्ध रहेको सडक विस्तारको कामकारवाहीलाइ सडक विस्तारको लागि आवश्यक सडकको जीएलडी मापडण्ड विपरित यथास्थितीमा ढोलाहिटी–सुनाकोठी–चापागाउँको ४ किमि सडक विस्तार गर्न आयोजना सम्वद्ध अधिकारीहरु पछिल्लो समय सलबलाउँन थालेको समाचार प्राप्त भएको छ ।

सडक विस्तारको लागि आव आव ०७२ / ०७३मा निर्माण गर्ने अखितयारी पाएको कन्टेक कम्पनीले सम्झौता मितिले ३ वर्ष भित्र कार्य सम्पन्न गर्ने सहमति कायम भएपछि यस ३ वर्षको वीचमा आयोजनाले सडक विस्तारको लागि आवश्यक सिमा क्लियर गर्ने क्रममा स्थानीयको तर्फबाटभएको अवरोधका कारण  सडक निमांण थप्प हुँदै ठेक्का पाएको ठेकदार कम्पनीको म्याद समेत समाप्त भइसकेको छ । तर पछिल्लो समय ठेकेदारक कम्पनीको म्याद समेत थप नगरी सडकको जीएलडी मापडण्ड विपरित एकाएक जे जस्तो अवस्था भएपनि सडक विस्तार गर्न खोज्ने आयोजना अधिकारी, ठेकेदार कम्पनी किन सलबलाए त्यो आफैमा सन्देहको घेरामा परेको छ ।

स्वयम विभागी मन्त्री र सचिव समेत सडकको जीएलडी मापडण्ड विपरित निर्माण गर्न अनिच्छुक रहे पनि आयोजना अधिकारी भने कामको लागि काम गर्दै आर्थिक् लाभ लिने ध्याउन्नमा रहेको बुझिएको छ । एकातर्फ सडकको जिलडी मापडण्ड विपरित र अर्को तर्फ सार्वजनिक खरिदनियमावलीको मर्म विपरित मौजुदा कानुन समेतलाइ वेवास्ता गर्दै आफ्नो दुनो सोझ्याउँने यि अधिकारी समय छयुन्जेल के हेरर बसे भन्दै समाचार स्रोतले प्रस्तुत सडक निर्माणका लागि आयोजना अधिकारीको र ठेकदार कम्पनीले दृखाउँदै आएको रवैया आफैमा प्रत्यक्ष अख्तियारको दुरुपयोग मात्र नभइ सरकारको समृद्ध नेपालको अवधारणमा माथिनै प्रहारको कडि हुने दावी गरेका छन ।

यसैवीच प्राप्त थप जानकारी अनुसार स्थानीयको आन्दोलनको ताप र आर्थिक हजमको रापमा रहेका आयोजना अधिकारीले ठेकदार कम्पनीमा मात्र नभइ स्थानीय क्षेत्रका संघीय सासंद, प्रदेश सासंद र नगरपालिका प्रमुख समेतलाइ प्रयोग गर्दै आफनो अभिष्ट पूरा गर्न लागि परेको दावी गरेका छन ।  यसवीचमा जन प्रतिनिधीलाइ जन विरोधको ताप, कर्मचारीलाइ आर्थिक   हजमको रापले पोल्दै गर्दा ठेकेदार कम्पनीको मेलोमेसो मिलाउँन अनेकन चलखेल भएको दावी गरेका छन ।

यसैक्रममा सडक विभाग योजना तथा अनुगमन महाशाखा चाकुपाटका उप महानिर्देक शिवहरि सापकोटा, सुइ राजेन्द्रराज शर्मा , उपत्यका सडक विस्तार आयोजनाका अर्जुन अर्याल , आयोजनाका लेखा अधिकारी विष्णु  खरेल,  इ वेलवहादुर नेपाली र ठेकेदार कम्पनी वीच छलफल भएको भएको जानकारी प्राप्त भएको छ । जुन छलफल सडक विस्तारको लागि आवश्यक सिमा क्लियर गर्न समेत भइ नसकेको ठेकदार कम्पनीको म्याद समाप्त भइसकेको अवस्थामा प्रस्तावित लक्ष्यभन्दा विपरित प्रचलित कानुनको वर्खिलाप पानीमाथिको ओभानोबन्दै राज्यकोषको दोहन गर्दै गुणस्तरिय सडक भन्दा पनि जनताको आँखामा छारो हाल्ने नियतले कामकारावही गर्ने परिपञ्च मात्र भएको बताईएको छ ।

यसै प्रसंगमा हामीले सडक विज्ञहरुसंग बुझ्दा यसरी सिमा क्लिएर नगरि बनाएको सडक एकाघ महिनामानै भत्कने र विग्रने प्रवल संभावना रहेने र यसरी बनाउँनु भन्दा नबनाउँनु उत्तम हुने बताएका छन । समग्रमा अख्तियारको दुरुपयोग गर्दै जन विरोधको राप बाट बच्न गरिने कामकारवाही बाट केवल राज्यकोष दुरुपयोग सिवाय अरु उपलब्धि नहुँने अवस्थाकावीच हुन गइरहेको सडक निर्माण आफैमा समाधान नभइ थप समस्याका कारक बन्ने भएकाले तत्काल स्थानीय र नियमक तथा अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रका अधिकारी सर्तक हुन आवश्यक रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।