शनिबार, बैशाख ८, २०८१

राजधानी भित्रिने मुख्य नाका नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास

सुरुङमार्ग निर्माणको युग शुरु : प्रम ओली

काठमाडौं कार्तिक ४,  प्रधानमन्त्री केपी ओलीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज शिलान्यास गर्नु भएको छ । चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा आयोजित एक कार्यक्रमकावीच उहाँल सुरुङमार्ग शिलान्यास गर्नु भएको हो ।

आज शिलान्यास भएकानागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले सहुलियत ऋण उपलब्ध गराउने जनाइएको छ । २.६८८ किलोमिटर लामो हुने सो सुरुङमार्ग आगामी ४२ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने  लक्ष्य रहेको जनाउँदै आयोजनाले यसवीचमा सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र समेत निर्माण हुने आयोजनाले जनाएको छ ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले प्रस्तुत सुरुङमार्ग निर्माणको शिलान्यास सँगै सुरुङमार्ग निर्माणको युग शुरु भएको बताउँदै अव क्रमिकरुपमा सुरुङमार्ग निर्माण गर्दै जाने बताउँनु  भएको छ। साथै उहाँले नेपाल पर्यटन वर्षको शुभारम्भ अगावै नागढुङ्गा–कलङ्की सडक बनाइसक्न आग्रह गर्दै सुरुङमार्गले मुलुकको विकासमा नयाँ आयाम कोर्ने विस्वास व्यक्त गर्नु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्रालयका सचिव देवेन्द्र कार्की,नेपालका लागि जापानी राजदूत मासामिची साइगो,सडक विभागका महानिर्देशक केशवकुमार शर्मा लगातले पनि कार्यक्रमलाइ सम्बोधन गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।