बिहिबार, चैत्र १५, २०८०

यस्तो छ वडादसैंको टीका ग्रहणका लागि उत्तम समय

टीका लाउँदा दिने आशिषः- आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे 

काठमाडौ असोज २०,  वर्ष २०७६ को विजयादशमी अन्र्तगत देवीको टीका प्रसाद ग्रहणको शुभ साइत मंगलबार बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले साइत नै खोज्नेका लागि १० बजेर ३५ मिनेटको समय उत्तम रहेको जनाएको हो ।

त्यस्तै समितिले विजयादशमीको दिन देवी विसर्जनको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको समितिले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।