बिहिबार, बैशाख १३, २०८१

यस्तो छ लाल–हीराको पौराणिक प्रेमकथामा आधारित देवी नाच र यसको मौलिकता

अनुप प्रधान / असोज २७ , बडादशैंको दशमी र कोजाग्रत पूर्णिमाका दिन कीर्तिपुरको तःननी मा टोलमा नचाइने देवी नाचको आफ्नै विशेषता रहेको पाइन्छ । ३ सय वर्ष पुरानो मानिने यो चान तत्कालीन मल्ल राजा प्रताप मल्लको पालामा शुरुवात भएको मान्निछ । त्यस्तै नाचमा इन्द्रायणी, ब्रह्मायणी, भैरव, कवां, दागिनी, ख्या आदीका एकर एक र दुइ जना पों गरी आठ जनाको समुहले गीतीलयमा नाच देखाउने गरिन्छ जुन नाचको अर्को विशेषता हो ।

नाचको समयमा गीतीलय मिलाउँने काम ५ दशक देखि निरन्तर स्थानीय ८० वर्षे ज्ञानबहादुर महर्जनले निर्वाह गर्दै आइरहेका छन । ज्ञानवहादुरसँग विभिन्न रागमा थुप्रै खाले गीत गाउने खुबी रहेको नाच संचालन समितिका कोषाध्यक्ष दिलिप कुमार महर्जनको जिकिर रहेको छ । पछिल्लो समय मौलिक विशेषता वोकेको यस नाचको महत्व बुझ्ने प्रयास पनि नर्गनु र त्यसमाथि अर्थ अभावका भएका कारण विगत ५ वर्ष यता देवीनाच नचाउँने परम्परानै लोप हुने अवस्था आएपछि स्थानीय दिलिप महर्जन र उनका साथीभाइको सत्प्रयासमा देवीनाचलाइ निरन्तरता दिदै स्थानीय युवाहरुलाइ समेत प्रशिक्षण दिने काम शुरुगरेपछि पुन नाचले निरन्तरता पाएको हो

अहिले कीर्तिपुरको तःननी टोलमा रहेको ‘आखाः छेँ’ अर्थात् गुठीघरमा हरेक साँझ यो नाच सिक्न उल्लेख्य संख्यामा युवाहरु उपस्थित हुने गरेका छन । त्यस्तै नाच देखाउन बर्षेनी करिब चार लाख रूपैंया खर्च हुने महर्जनको भनाइ रहेको छ ।

पछिल्लो समय नाचप्रति बढ्दो आकर्षणका कारण नाच बन्द हुन समस्या नभएपनि अर्थअभाव मुख्य समस्याको रुपमा चुलिएको बताउँदै महर्जनले अहिले जसो तसो चन्दा उठाएर नाच चलाउँदै आएको बताए ।स्थानीय ज्ञानबहादुर महर्जनको घरमा एक रक्त लिखित पुस्तक रहेको र त्यो आजसम्म कसैले हेर्न नसकेको जानकारी दिदै नाच मुलत जनश्रुतिमा प्रचलित लाल–हीराको पौराणिक प्रेमकथामा आधारित हुँदै  खिँ, ता, पोंग, झ्यालीका चारवटा तालमा नाच नचाइने गरिन्छ ।

यसैवीच नाचको मौलिकतालाइ दृष्टिगत गर्दै आर्थिक वर्ष २०७४/७५ मा किर्तिपुर नगरपालिका १० लाख ७ लाख रुपियाँ बजेटमा नाचको सामाग्री व्यवस्थापनका एक तले भवन बनाईएको बताईएको छ । त्यस्तै यो आर्थिकवर्षमा नगरपालिका र प्रदेश सरकारको गरी कुल २० लाख बजेट छुटयाई आखाछेँ निर्माणको तयारी गरिएको जानकरी दिइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।