बिहिबार, चैत्र १५, २०८०

यमपञ्चकको पाँचौ दिन भाइटिका पर्व मंगलवार मनाइदै ,टीकाको उत्तम साइत मध्यान्ह ११ः५५ बजे

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुर्ननिर्माण नसकिएका कारण मन्दिर बाहिर तस्बिर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था

काठमाडौं कार्तिक ११, प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन अर्थात भाइटिका पर्व  मंगलवार मनाइदै छ । यमपञ्चकको पाँचौ दिन अन्र्तगत मनाइने भाइटीका पर्वको अवसरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँने गरिन्छ ।

भाइटीकाको टीकाको उत्तम साइत मध्यान्ह ११ः५५ बजेको समय उत्तम रहेपनि उत्तम साइतमा नयाउँनेहरुले कुनैपनि समय भाइटीका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाउने क्रममा दियो, कलश र गणेशको पूजा गरी अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाउने गरिन्छ ।

यसैवीच यसवर्ष पनि दिदीबहिनी नहुनेका लागि भाइटिकाका दिन खुला गरिने राजधानीको  रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुर्ननिर्माण नसकिएकाकारण मन्दिर बाहिर तस्बिर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको सम्वद्ध आयेजकहरुले जनाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।