शनिबार, बैशाख ८, २०८१

मुर्ति विर्सजन विवाद हिंसामा रुपान्तरण,प्रहरीको गोलीबाट पाण्डेको मृत्यसंगै अनिश्चितकालीन निषेधाज्ञा

कृष्णनगर कार्तिक १४,  लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्ने विषयमा स्थानीय वीच बुधबार झडप सहित चर्केको विवादले उग्ररुप लिएसंगै जिल्लाको स्थितीलाइ सामान्य बनाउँन प्रहरीले  आज विहान चलाएको गोलीबाट कृष्णनगर नगरपालिका– २ का २० वर्षीय सुरजकुमार पाण्डेको मत्यु भएको छ । प्रहरीको गोली लागेर पाण्डेको मृत्यु भएपछि त्यहाँको स्थिति झन तनावग्रस्त बनेसंगै जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ बजेदेखि लागू हुनेगरी कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर तर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि प्रशासनले कर्फ्यू जारी गरेको हो ।

लक्ष्मीपूजाको लागि स्थापना गरेको लक्ष्मीमुर्ति बुधबार साँझ हिन्दु समुदायले विसर्जन गर्न लैजाँदा मुश्लिम समुदायसँग कृष्णनगर बजार क्षेत्रमा भएको सामान्य झडप तथा विवाद एक्कासी हत्याहिंसामा परिवर्तन भएसंगै प्रशासनले स्थितीलाइ नियन्त्रणमा लिन चलाएको गोलीबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हाम्रा सहर्मीले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।