शुक्रबार, चैत्र १६, २०८०

महरा वलात्कार प्रकरण सार्वजनिक गर्ने पत्रकार सिवाकोटीलाई सुरक्षा थ्रेट!

काठमाडौं असोज १६ , बताल्कार काण्डकाकाकारण संघीय ससंदका निवर्तमान बनेका संघीय ससंदका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी महिला कर्मचारीलाई जबरजस्ती करणी गरेको आरोपसहितको समाचार सार्वजनिक गर्ने हाम्राकुरा डटकमका सम्पादक अजयबाबु सिवाकोटीमाथि सुरक्षा चुनौती सिर्जना भएको छ ।

पीडित महिलाले आफ्नै निवासमा बोलाएर सम्पादक सिवाकोटीलाई घटनाको विषयमा सविस्तार जानकारी दिदैँ समाचार सार्वजनिक गर्न लगाएको भोलिपल्टै सत्ता र शक्तिको दबाब र प्रभावमा महिलाले वयान फेरेपछि महराको पक्षमा रहेका अज्ञात समूहबाट सिवाकोटीलाई नम्बर नखुलेका फोनहरुमार्फत धम्की आउन थालेको बताईएको  छ । त्यस्तै यस सम्बन्धमा प्राप्त जानकारी अनुसार समाचार सार्वजनिक भएयता अज्ञात समूहले पछ्याउँदै अस्वाभाविक गतिविधि बढाएको भनक पाएसंगै पत्रकार सिवाकोटीले आफ्नो र आफ्नो अनलाइन पत्रिकाको कार्यालयको सुरक्षाका लागि नेपाल प्रहरीलाई जानकारी गराएको बुझिएको छ ।

यसैवीच नेपाल प्रेस युनियनको आज बसेको आकस्मीक बैठक पछि  युनियनका अध्यक्ष बद्री सिग्देलले    सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर हाम्राकुरा डटकम अनलाइनका प्रधान सम्पादक एवं   प्रेस युनियनका महासचिव अजयबाबु  शिवाकोटी माथी सुरक्षा चुनौती देखिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण   जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उहाँको सुरक्षाको ग्यारेण्टी गर्न युनियनले प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गरेको छ ।

साथै विज्ञप्तिमा ‘कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्यले सिंगो प्रेस जगतलाई नै आतंकीत बनाउन खोज्नु दुभाग्र्यपुर्ण छ । स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो । यस तर्फ सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे नेपाल प्रेस युनियन कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छ भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।