मङ्लबार, बैशाख ४, २०८१

महरा वलात्कार प्रकरण : आयोगद्दारा अनुसन्धानका लागि ३ सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन

सार्वजनिक विदामा पनि आयोग खुला रहने

काठमाडौं असोज १७ , राष्ट्रिय मानवअधिकार आयोगले निवर्तमान सभामुख कृष्णबहादुर महराको वलात्कार प्रकरणको सवालमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका सचिव वेद भटटराइले आज जारी गर्नु भएको विज्ञप्तिमा तत्कालीन  सभामुख महरा र संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीबीच भएको भनिएको घटनाबारे नेपाल प्रहरीले हालसम्म गरेको काम कारबाहीबारे जानकारी माग गरेको छ ।  त्यस्तै विज्ञप्तिमा पीडित र समाचार लेख्ने पत्रकारको सुरक्षाबारे पनि जानकारी माग गर्दै आयोगले प्रहरीलाई शुक्रबार पत्रचार गरिएको उल्लेख गरिएको छ ।

त्यस्तैगरि घटनाको अनुसन्धानको अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा ३ सदस्यीय अनुगमन टोली गठन गर्दै नै प्रस्तुत प्रकरणको सवालमा सुक्ष्म् अध्ययन गर्ने भएको छ ।

यसैवीच आयोगले आजै जारी गरेको अर्को विज्ञप्तिमा दशै ,तिहार र छठ पर्वको सार्वजनिक विदामा पनि आयोगको मानव अधिकार संरक्षण् र सोका सुनवाइको लागि उजुरी शाखा खुला रहने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।