शुक्रबार, बैशाख १४, २०८१

मन्त्रिपरिषद् बैठक: गृहमन्त्रालयका प्रवक्ता सुवेदी सचिवमा बढुवा

सेनाका लेखा उपरथी अधिकारी र महासेनानी उपाध्यायको राजीनामा स्वीकृत

काठमाडौं कात्तिक ७, मन्त्रिपरिषद्को गत मंगलबार बसेको बैठकबाट भएको विभिन्न १७ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल प्रशासन सेवातर्फको विशिष्ठ श्रेणीको सचिव पदमा हाल गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव रामकृष्ण सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले रोजगारीको हकसम्बन्धी (पहिलो संशोधन)नियमावली, २०७६ स्वीकृत गर्नुको अलावा नेपाली सेनाका लेखा उपरथी भुवनबहादुर अधिकारी र महासेनानी आशिषप्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरेको जानकरी दिदै काठमाडौं उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारी दिनु भएको छ ।  त्यस्तै कार्तिक १३ गते मनाइने नेवार समुदायको किजापूजाका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनु भएको छ ।

यस्तो छन मन्त्रिपरिषद् बैठकका निर्णय :

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।