मङ्लबार, बैशाख ११, २०८१

मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रममा तिव्रता

काठमाडौ असोज २८,  मौसम पूर्वानुमान महाशाखाले नेपालबाट गत शनिबारबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढ्न थालेपछि देशभर चिसो बढ्नेक्रम शुरु भएको जनाएको छ ।

त्यस्तै महाशाखाले पश्चिमी भू–मध्यसागरबाट उच्च वायुमण्डलमा न्यूनचापीय क्षेत्र बनेर उत्पन्न भएको बादल तथा अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण उपत्यकासहित देशभर चिसो बढ्ने क्रमले तिव्रता पाएको जनाउँदै अवको मौसम भनेको दिउँसोपख घाम लागे पनि बिहान र बेलुकाको समयमा चिसो महसुस हुने क्रम ह्वाटै बढेको जनाएको छ ।

महाशाखाको पछिल्लो मौसम मापन अनुसार आज काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री र अधिकमत तापक्रम २७ दशमलव ३ डिग्री सेल्सियस रहेको भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।