शुक्रबार, चैत्र १६, २०८०

भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्ने : चिनियाँ राष्ट्रपति सी

काठमाडौं असोज २६,  राष्ट्रपति विद्यानदेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणका लागि आउनुभएका चिनियाँ समकक्षी सी चीनपिङको सम्मानमा आयोजित सम्मानमा शनिवार साँझ आयोजित राजकीय भोजको अवसरमा राष्ट्रपति भण्डारीको मन्तव्य पछि प्रतिउत्तर दिदै जनवादी गणतन्त्र चीनका समकक्षी राष्ट्रपति सी चिनफिङले नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकोमा खुशी व्यक्त गर्दै चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध मात्र नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउनु भएको छ ।

त्यस्तै उहाँले “भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्ने यसको लागि बढीभन्दा बढी व्यापारिक नाका खोल्न चीन तयार रहेको बताउँनु भएको छ । साथै उहाँले भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि गरिने बताउँदै नेपालको शैक्षिक क्षेत्रमा लगानी बढाउने, चिनियाँ नागरिकलाइ लाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने र जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी उपलब्ध गराइने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।