शुक्रबार, चैत्र १६, २०८०

प्रहरीमा लिखित निवेदन दिदै शाहीले भनिन- ममाथि महराबाट कुनै दुव्र्यवहार भएको छैन

बलात्कार प्रकरणमा दवाव र प्रभाव :

काठमाडौ असोज १५,  संघीय ससंदका निर्वतमान सभामुख कृष्ण बहादुर महराबाट भएको भनिएको बलात्कार प्रकरण अन्र्तगत संघीय संसद् सचिवालयमा कार्यरत पिडित रोशनी शाही जसले मंगलवार विहान सम्म प्रहरीमा उजुरी दिन अस्वीकार गर्दै आएपनि आज साँझ महानगरीय प्रहरीवृत्त बानेश्वरमा आफनो उजुरीको बयान फेर्दै प्रहरी समक्ष महराबाट आफूमाथि दुव्र्यवहार नगरेको जनाउ दिएकी छिन ।

प्रहरी कार्यालयमा शाहीले दर्ता गराएको निवेदनमा आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको उल्लेख गरिएकस् छिन त्यस्तै निवेदनमा आफु पहिलेदेखि नै डिप्रेसनको बिरामी भएको र वकवास सहितको समाचार मिडियाँमा कसरी समाचार आए, आफुलाइ थाहा नभएको जनाउ दिदै मिडियामा आएजस्तो कुनै घटना नभएको बताएकी छिन ।

त्यस्तै ति महिलाको निवेदन दर्ता भएको महानगरीय प्रहरी परिसरले जनाउँदै निवेदनमा पीडित भनिएकी ती कर्मचारीले महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको र त्यस्तो कुनै पनि घटना न भएको उल्लेख गरिएको बताए । यसैवीच दवाव र प्रभावका कारण ती महिलाले यस किसिमको निवेदन दर्ता गराएको महिला अधिकारवादी नेतृहरुले बताउँदै भने-  पीडित भनिएको युवतीलाई रातारात प्रभावमा पारी बयान फेर्न लगाइयो  ।  तथापी कानुन र सामाजिक मर्यादाअनुरूप महरा प्रकरणको निष्पक्ष छानबीन गरी तथ्य अनुरूप उचित कदम चाल्न सरकार चुक्न नहुँनेमा  उनिहरुले जोड दिएकी छिन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।