शुक्रबार, चैत्र १६, २०८०

पूर्वराजा शाहले महाअष्टमीको दिन राजधानीका १० महत्वपूर्ण शक्तिपीठको दर्शन गर्ने

काठमाडौं असोज १५,  नेपाली मात्रको महान चाड बडा दशैंको महाअष्टमीको दिन पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट अपरान्ह यहाास्थित विभिन्न शक्ति पीठको दर्शन सहित पूजाअर्चना गर्ने भएको छ ।

त्यस क्रममा पूर्व श्री ५ ज्ञानेन्द्रबाट नक्साल भगवती,गुह्श्वेरी, मैतीदेवी,कालिकास्थान,भद्रकाली, संकटा,नरदेवी,रक्तकाली,शोभा भगवती र ईन्द्रायणीको दर्शन गरिबक्सने कार्यक्रम रहेको उहाँका सहयोगी डा फणिराज पाठकद्दारा जारी सूचनामा उल्लेख गरिएको छ।

त्यस्तै पूर्व श्री ५ ज्ञानेन्द्रले बिजया दशमीको दिन अपरान्ह ४ बजे शुभ  विजयादशमीको दिन दशैँको टीका बक्सने कार्यक्रम रहेको जारी सूचनामा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।