मङ्लबार, बैशाख ४, २०८१

पहिलो किस्ता लिएका लाभग्राहीलाइ दोस्रो किस्ता लिन प्राधिकरणको आह्वान

काठमाडौ कार्तिक २ , राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ०७२ बैशाख १२ र २९ गते गएको महाभूकम्प पिडित लाभग्राहीलाइ समयमा नै दोस्रो किस्ता लिएर घर पुनःनिर्माण गर्न आग्रह गरेको छ । यसको लागि लाभग्राहीको सूचीमा सूचीकृत पिडितलाइ लाभग्राहीलाइ कात्तिक मसान्तभित्र दोस्रो किस्ता अनुदान लिइसक्न भनेको छ ।

२०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीलाइ दोस्रो किस्ता लिने समय कात्तिक मसान्तसम्म तोके अनुरुप यस्तो आग्रह गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणका अनुसार निजी आवास पुनःनिर्माणका लागि ७ लाख ७६ हजार ९१० लाभग्राहीसँग अनुदान सम्झौता भइसकेको र त्यसमध्ये ७ लाख ६८ हजार ५४९ लाभग्राहीले पहिलो, छ लाख १२ हजार १०५ लाभग्राहीले दोस्रो र पाँच लाख सात हजार ४८ परिवारले तेस्रो किस्ता अनुदान बुझिसकेको जनाएको छ ।

सरकारले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्तामा रु ५० हजार, दोस्रोमा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख अनुदान उपलब्ध गराउँदै आएको छ । प्राधिकरणका अनुसार भूकम्पबाट क्षति भएकामध्ये चार लाख ६९ हजार २५९ घर पुनःनिर्माण भइसकेको त्यस्तै एक लाख ९४ हजार ४५६ घर पुनःनिर्माणको क्रममा रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।