शुक्रबार, चैत्र १६, २०८०

परिषदको बैठकले क्षेत्रधिकार प्रकरणमा न्यायाधीश शाहीलाइ गर्यो बर्खास्त

काठमाडौ कार्तिक १,  न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालत पोखराका न्यायाधीश नरबहादर शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेकोे छ । परिषद्को बैठकले गोरखा बु्रअरी कर विवाद सम्बन्धि मुद्दामा क्षेत्रधिकार मिचेर आदेश गरेको आरोप लागेका न्यायाधीश शाहीलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

परिषद्ले प्रस्तुत क्षेत्राधिकार आदेश विवादको छानबिनका लागि समिति समेत गठन गरेको थियो । छानबिनपछि सोही विवादमा परेका न्यायाधीशद्वय रामचन्द्र यादव र जीवनहरि अधिकारीले यसअघिनै राजिनामा दिइसकेको जनाएको छ ।

त्यस्तै बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश कुलरत्न भूर्तेल सुन काण्ड विवादमा परिषदमा काजमा तानिएपछि उच्च अदालतका मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।