शनिबार, बैशाख ८, २०८१

दोस्रो कोन्ज्योसोम कपको उपाधि गुप्तेश्वरको पोल्टामा

अनुप प्रधान / ललितपुर कार्तिक १२,  कोन्ज्योसोम अध्यक्ष कपको शिर्ष उपाधी गुप्तेश्वर एकता युवा क्लबले न्यु समाज सेवा क्लबलाई २ १ को गोलअन्तरमा पराजित गर्दै आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

ललितपुर जिल्लाको दक्षिण भेग कोन्ज्योसोम काम्लेचौरमा सम्पन्न दोस्रो संस्करणको कोन्ज्योसोम अध्यक्ष कप ललितरको चौघरेको काम्लेचौरमा स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुदु भन्ने मूल नाराका साथ गत कार्तिक् ७ गतेबाट शुरु भएको थियो ।

त्यस्तै दोश्रो कोञ्ज्योसोम गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगितामा जिल्ला भित्रका सहभागी १८ टीम मध्ये नकआउटको आधारमा गुप्तेश्वर एकता युवा क्लबले खेलको पहिलो हाफको ३५ तथा ६८ औं मिनेट गोल गर्दै प्रथम भएका गुप्तेश्वर एकता युवा क्लबले जितसंगै रु १ लाख ३० हजार नगद समेत पुरस्कार स्वरुप प्राप्त गरेका छन ।  त्यस्तै दोस्रो भएक न्यु समाज सेवा क्लबले ५० हजार सहितको पुरस्कार जितेका  छन ।
त्यसैगरि सेमिफाइनल पुगेका दुई टिम व्राईट भिजन युवा कल्ब र कुनकालिजन उत्थान युवा क्लबले पनि सान्त्वना पुरस्कार स्वरुप २५/२५ हजार नगद प्राप्त गर्दै गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडी गुप्तेश्वर एकता युवा क्लबका सुनिल लामा घोषित भए भने उत्कृष्ट गोलकिपर विवेक तथा फरवार्डमा गुप्तेश्वरकै निशान माझी घोषित भएका थिए भने उत्कृष्ट डिफेन्डरको न्यु समाजका रमेशले प्राप्त गर्न सफल भएको थियो ।

कार्यक्रमका संयोजक विजय कुमार स्याङ्तानको सभापतित्वमा सम्पन्न एक औपचारिक कार्यक्रमकावीच विजेता खेलाडिहरुलाइ प्रदेश न३ का सामाजीक विकास मन्त्री युवराज दुलाल प्रदेश सभा सभा सदस्यद्दय प्रदेश सभाकी सांसद लालकुमारी पुन, चेतनाथ सन्जेल पुरस्कार वितरण गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।