शनिबार, बैशाख ८, २०८१

दशैँमा यात्रुको सहजताका लागि नेपाल प्रहरीले पनि निःशुल्क बस सञ्चालन गर्दै

काठमाडौ असोज १८ ,नेपाल प्रहरीले बडा दशैंको राजधानीमा गुड्ने सार्वजनिक सवारीसाधनको सख्यात्मक कमिलाइ दृष्टिगत गर्दै महाअष्टमीदेखि विजयादशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।  प्रहरी प्रधान कार्र्यालयले दशैँमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्न लागेको जनाएको छ ।

प्रहरी मुख्यालयद्दारा जारी सूचनामा उल्लेख भएअनुसार निःशुल्क बस बिहान ११ः०० देखि साँझ ४ः०० बजेसम्म सञ्चालन हुने र यस अन्र्तगत रुट नं १ मा नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक रहेका छन् भने रुट नं २ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार सम्म रहेन बतार्ईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।