बुधबार, बैशाख १२, २०८१

त्रिभुवन विश्वविद्यालयको बजेटभन्दा २१ अर्ब बढी बेरुजु

काठमाडौं असोज २९,   त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ । त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो।महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ।

त्रिविले हालसम्म पश्चिम क्षेत्रका सम्पूर्ण क्याम्पस र एकाइ तथा उपत्यका र केन्द्रमा रहेका अधिकांश विभाग, डीन कार्यालय, संकाय, अध्ययन संस्थानको आन्तरिक लेखा परीक्षण गरिसकेको जनाएको छ।

‘उपत्यकाका सबै निकायको नौ महिनाको आलेप सम्पन्न गरी आइतबारबाट पूर्वाञ्चलको आलेपको काम शुरू गरेका छौं’, रजिस्ट्रार दिल्लीराम उप्रेतीले भन्नुभयो– ‘कात्तिक महिनाभित्र सम्पूर्ण निकायको आलेप सम्पन्न गरी कार्यकारी परिषद्मा पेस गर्ने तयारी भइरहेको खवर आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालको वाइलाइनमा प्रकाशित रहेको छ ।

त्रिविले करिब ८५ करोड रुपियाँबराबरको बेरुजु सम्परीक्षण सम्पन्न गरेको छ। करिब ९ करोड रुपियाँबढी खर्च भएकोमा ७ करोड रुपियाँबराबरको आलेप सम्पन्न गरी त्रिवि कार्यकारी परिषद्मा पेस गरेको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।