शनिबार, बैशाख ८, २०८१

तिहारका सम्बन्धमा भ्रममा नपर्न पञ्चाङ्ग निर्णायक समितिको आह्वान

भाइटीकाको शुभ साइत ११ः५५ बजे

काठमाडौं कार्तिक ३ , नेपाल पञ्चाङ्ग निर्णायक समितिले वर्ष ०७६को तिहार पर्वका सम्बन्धमा भ्रम सिर्जना गर्ने गरी विभिन्न माध्यमबाट भइरहेको प्रचारप्रसारका पछि नलाग्न आह्वान गरेको छ । समितिले आज एक विज्ञप्ति जारी गर्दै तिहार पर्व अन्र्तगत कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक शुरु हुने जनाएको छ ।

त्यसतै विज्ञप्तिमा कात्तिक ८ गतेदेखि यमदीपदान शुरु हुने जनाउँदै  कात्तिक ९ गते शनिबार कागतिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म अर्थात म्हँ पूजा पर्ने जनाउँनुको अलावा  कात्तिक १२ गते मङ्गलबार गोवद्र्धनपूजा, भाईटीका, किजापूजा र नेपालसंवत् मनाउनुपर्ने उल्लेख गरिएको छ ।

तर यसवीचमा व्यक्तिले कात्तिक १२ गते नभइ कात्तिक १३ गते भाइटीका गर्ने भनी गरिरहेको प्रचारप्रसार शास्त्रसम्मत नहुने जिकिर गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी २०७७ सालको असोज महीनामा अधिकमास पर्ने जानकारी समेत दिएको छ ।

यसैवीच समितिले यस वर्षको भाइटीकाको शुभ साइत समेत सार्वजनिक गरेको छ । सार्वजनिक साइत अनुरुप कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको लागि उत्तम साइत रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।