बिहिबार, बैशाख ६, २०८१

जहाज ढिला भएपछि जनकपुर विमानस्थलमा सासंद शाहको ताण्डव

धनुषा असोज २७,  बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाही–१ बाट निर्वाचित राजपा नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साहले आज जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् ।
नियमित समयभन्दा जहाज ढिलो भएको भन्दै सांसद साहले विमानस्थलस्थित रहेको बुद्ध एयर काउन्टरमा तोडफोड गरेको हा । जनकपुरस्थित हाम्रा सहकर्मीका अनुसा सासंद साह महत्वपूर्ण कामको शिलसिलामा ११ः३० बजेको बुद्ध एयरको विमानबाट काठमाडौँ आउने तयारी अनुरुप विमानस्थल पुगे पनि जहाज करीब एक घण्टा ढिलो भएसंगै जहाज आउँन ढिलो भएपछि आक्रोशित हुँदै शाहले बुद्ध एयरको काउन्टरका टेबल कुर्सी तोडफोड गरेको जनाएको छ ।

त्यस्तै तोडफोडबाट बुद्ध एयरको काउन्टरमा क्षति पुगेको जानकारी दिदै बुद्ध एयरका जनकपुर प्रबन्धक विजयप्रसाद सिंहले एयर ट्राफिकका कारण विमान नियमित समयभन्दा करीब एक घण्टा ढिलो भएकोमा सासंद शाहले यस्तो हरकत गेको जनाउ दिएका छन ।

तर शाह निकट स्रोतले भने महत्वपूर्ण काम सहित काठमाडौं जाने क्रममा जहाज निर्धारित समयमा नआएको केकति कारणले जहाज नआएको पटकपटक सोध्दा पनि बुद्धएयरका जिम्मेवार अधिकारीले गैर जिम्वार प्रतिउत्तर दिएका कारण आक्रोशित हुँदै यसकिसिमको घटना घटेको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।