शुक्रबार, चैत्र १६, २०८०

जरसिंहपौवामा हेलम्बु यातायातको यात्रुबाहक बस दुर्घटना, तीनको मृत्यु

काठमाडौ कार्तिक १४,  हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रुबाहक बस आज दिउँसो काठमाडौँ जिल्ला शङ्खरापुर नगरपालिकाको जरसिंहपौवामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौतर्फ आउँदै गरेको उक्त बस तिव्रगतिका कारण ५० जना भन्दा बढि यात्रु रहेको बस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीका अनुसार बस दुर्घटनामा परि घटनास्थलमानै मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका जानकारी दिदै मृतकको पहिचान खुलिनसकेको जनाएको छ । त्यस्तै बाँकी घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, शङ्खरापुर अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।